PRABHU BANK

एनआईसी संचालकको दाबी- ‘सिइओले राजिनामा दिएका छैनन्, धम्कीचाहिँ थुप्रैपटक दिइसके, छोडेर जाउ भन्दा मान्दैनन्’

काठमाडौंएनआईसी एशिया बैंकका सिइओले थुप्रैपटक राजिनामाको धम्की दिएको तर बैंक छोड्न नमानेको खुलेको छ । बैंकका सिइओले राजिनामा दिएको चर्चा चलिरहेका बेला सिइओ न्यौपानेले राजिनामा नदिएको बरु राजिनामाको धम्कीचाहिँ दिइरहेको खुलेको हो । बैंकको स्थिति दिनानुदिन नाजुक भइरहेको अवस्थामा राष्ट्र बैंकलेसमेत कारवाही गरेपछि यस्तै अवस्था रहे आफूले बैंक छोड्ने भन्दै न्यौपानेले धम्की दिइरहेका हुन् । 

‘न्यौपानेजीले थुप्रैपटक राजिनामाको धम्की दिइसक्नुभयो । तर, न राजिनामा दिनुहुन्छ, न बैक छोड्न मान्नुहुन्छ ।’, बैंकका एक संचालकको दाबी छ, ‘हामीले छोडे भैहाल्यो त, बैंक यस्तो कमजोर भएपछि किन बस्नुपर्यो ?´ समेत भनिसकेका छौँ । तर न्यौपाने बैंक छोड्ने मुडमा छैनन् । 

 ती संचालकका अनुसार बैंकका अध्यक्ष भने न्यौपानेले बैंक छोड्नु हुँदैन भन्ने मुडमा छन् । अरु केही संचालक सन्तोष राठीलाई सिइओ बनाउनुपर्छ, अब न्यौपानेले हुँदैन भन्ने पक्षमा छन् । अध्यक्षलाई घुमाउरो धम्की दिन न्यौपानेले नै आफ्नो राजिनामाको हल्ला चलाइरहेका ती संचालकको दाबी छ ।

यतिसम्मकी उनले आफ्नो बसमा अब सबै कुरा नरहन सक्छ भन्दै बैंकका संचालकहरुलाईसमेत घुमाउरो धम्की दिएका छन् । यहि बेला राष्ट्र बैंकलेसमेत बैंकलाई कारवाही गरेपछि यति लामो समयचाहिँ राष्ट्र बैंक न्यौपाने छन् भनेर चुप लाग्ने अनि अहिले आएर राष्ट्र बैंकले कारवाही गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय संचालकले त न्यौपानेले महाप्रसाद अधिकारीलाई भनेर आफ्नो बार्गेनिङ बढाउन बैंकलाई कारवाही गराउन लगाएकोसमेत आरोप लगाइरहेका छन् ।

यता बैंकका सूचना अधिकारी भने बैंकिङ संसारको फोन नै उठाउँदैनन् । बैंकका कम्पनी सचिव यौन दुर्व्यवहारको आरोपमा थुनिएको विषयमा सोध्दा सो विषय न्युज लेख्ने विषय नभएको अचम्मको दाबी गरेको दिनदेखि उनी फोन नै उठाइरहेका छैनन् । आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको जाहेरी परेपछि एक दिनका लागि थुनिएका बैंकका कम्पनी सचिव दिपेन कार्की पनि न्यौपानेका दाहिने हातका रुपमा बैंकमा परिचित छन् । बैंकका सिइओ न्यौपाने भने फोन नलाग्ने बनाएर बसेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै