‘बैंकहरुको कर्जा नउठेपछि खराब कर्जा बढ्यो’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा केही समस्या देखिएका कारण खराब कर्जा बढेको बताएका छन्। कृषि विकास बैंकको माघ ६ गते आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको पनि जनाएका छन्।

कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘बैंकहरूको ऋण नतिर्न उक्साउने खालका अराजक गतिविधिले बैंकिङ प्रणालीमा चुनौती थपेको छ। यसको बाबजुद बैंकका कर्मचारीहरू ग्रास रुटमा खटेर राम्रो काम गरिरहेका छन्। पछिल्लो समय बाढी, पहिरोले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ। यद्यपि यी चुनौतीहरूबीच पनि बैंकहरूले समग्र प्रणालीलाई सुचारु राख्न प्रयास गरिरहेका छन् ।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्