PRABHU BANK

सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारणसभा शुक्रबार हुदैं, यस्ता छन् छलफल हुने विषयहरु

suryodaya laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारणसभा पनि शुक्रबार आज बस्दैछ । संस्थाको सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा संस्थाले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकरआपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै