PRABHU BANK

गणपति लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु !

ganapati laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार भोलि हुने भएको छ । सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजे सुरु हुने भएको हो ।
सभामा संस्थाले २०% लाभांश वितरण गर्ने प्रस्तावसहित सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालन मनोनयन गर्ने एजेन्डा पेस गर्नेछ ।
कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस र कर प्रयोजनार्थ १% नगद लाभांश वितरण गर्न लागेको हो । यस्तै सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै