PRABHU BANK

नगद रहित भुक्तानी प्रणालीका लागि प्रभु बैंकले उपलब्ध गरायो क्युआर स्ट्याण्ड

काठमाडौँ । नगद रहित भुक्तानी प्रणालीका लागि प्रभु बैंकले क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले एक समारोहकाबीच मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-०४ कागबेनीमा ‘कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समिति’लाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

बैंकका अनुसार कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुविधाका लागि उक्त स्ट्याण्ड उपलब्ध गराइएको हो ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा, वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमासमेत ध्यान दिँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै