National

बोनस वितरणमा नेपाल इन्भेष्टमेन्ट मेगामा ‘विभेद भएको’ कर्मचारीको गुनासो, अदालत जाँदै तत्कालीन मेगाका कर्मचारी

काठमाडौँ । बोनस वितरणमा विभेद भएको भन्दै तत्कालीन मेगा बैंकका कर्मचारीहरु नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापन र संचालक समितिसँग रुष्ट बनेका छन् । बैंकको नाम परिवर्तन भएपछि मात्रको दिन गणना गरेर तत्कालीन मेगा बैंकका कर्मचारीहरुलाई पाउनुपर्ने बोनस नदिएको भन्दै तत्कालीन मेगाका कर्मचारीहरु रुष्ट भएका हुन् ।
बोनस ऐनको अपव्याख्या गर्ने काम भएको तत्कालीन मेगाका कर्मचारीहरुको आरोप छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक व्यवस्थापनले गरेको निर्णयका कारण साविक मेगा बैंकमा १२ बर्ष भन्दा बढी काम गरेका कर्मचारीहरुले समेत ६ महिनाको अपव्याख्याका कारण बोनस नपाएको आरोप तत्कालीन मेगाका कर्मचारीहरुको छ ।
आफुहरुमाथि चरम विभेद भएको भन्दै तत्कालीन मेगाका कर्मचारीहरुले युनियनमार्फत अदालत जाने तयारी गरेका छन् । यस विषयमा युनियन तयार नभए केहि कर्मचारीहरु मिलेर अदालत जाने तयारी गरेको कर्मचारीहरुले बताएका छन् ।
बैंक भने यस विषयमा बोल्न मानिरहेको छैन । बैंकका सूचना अधिकारी राजेश शर्माको फोन लागिरहेको छैन भने बैंकका अन्य उच्च अधिकारीहरु यस विषयमा सूचना अधिकारीहरु मात्र बोल्न मिल्ने भन्दै पन्छिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै