मेगा बैंकले गर्यो अर्घाखाँचीको धनचौरमा शाखारहित बैंकिङ सेवा विस्तार

mega bank
  • बैंकिङ संसार
अर्घाखाँची । मेगा बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो।
शाखारहित बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखारहित बैंकिङ सुविधा ल्याउँदा नागरिकलाई बैंकिङ सेवा सहज हुने बताए।
बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएको मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्