PRABHU BANK

कामना सेवा विकास बैंकले ल्यायो १४ हजार १२ कित्ता संस्थापक सेयर लिलामीमा

KAMANA SEWA BIKAS BANK
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले १४ हजार १२ कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमा ल्याएको हो । कम्पनीले दिपकलाल बाटाजुको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै