PRABHU BANK

महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित २१ प्रतिशत लाभांश पारित

mahalaxmi bikas bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको २०औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज फाल्गुन १३ गते शुक्रबार सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । 
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
यसैगरी सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 
यस्तै उक्त सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै