लुम्बिनी विकास बैंकले गर्यो इनेवल नेपाललाई एक लाख आर्थिक सहयोग

काठमाडौ – लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो सिनामंगल काठमाडौ स्थित इनेवल नेपालद्धारा सञ्चालित कूहिना भन्दा तलको हात नभएका १६ वर्ष मुनीका बालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशूल्क वितरण गर्ने कार्याका लागि आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सूवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।
यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जनाएको छ ।
उक्त रकम हस्तान्तरण गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह बोहराले लूम्बिनी विकास बैंकले मानवीय पूनित कार्यमा समर्पित यस किसिममा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आंफै प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने समेत बताए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्