सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता, २५ लाखसम्म पाउने

काठमाडौँ – सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लि.का तर्फ बाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच आज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातकवा सो भन्दामाथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।
यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंक लि।को बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विधार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्