DISH HOME

एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने…!

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं – एनआईसी एशिया बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटल, धुम्बाराहीमा उपचार गराउदा विषेश छुट पाउने भएका छन् । स्वास्थ्य उपचारमा छुट दिने सम्बन्धी यी दुई कम्पनीबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै