नेपाल इन्स्योरेन्स र ज्योति विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा पाइने

 jyoti bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ – ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौताअनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ ।

सम्झौतामा ज्योति खविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्