PRABHU BANK

अपर तामाकोशी हाईड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

Upper Tamakoshi Hydropower
  • बैंकिङ संसार
काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न चौधौं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
भाद्र ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैँया रहेको छ । यसैगरी हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपियाँ पुग्ने भएको छ ।
अहिले अपर तामाकोशीको शेयर मूल्य ५ सय भन्दा कम रहेको छ । त्यस्तै तामाकोशी हाईड्रोपावरको १० करोड ५९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै