PRABHU BANK

एनआईसी एशिया बैंकका ग्राहकले विराटनगरको ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट पाउने !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगर बीच बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् ।
बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै