PRABHU BANK

लुम्बिनी विकास बैंकले कमायो ५५ करोड ८३ लाख नाफा, सेयरधनीहरुलाई १७ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता !

 lumbini bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा आईपुग्दा खुद नाफा ७१.८० प्रतिशतले बढाएर ५५ करोड ८३ लाख ८१ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष यस अवधिमा बैंकले ३२ करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै हाल बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा रहेको छ । साथै बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४१.९७ प्रतिशत र ६६.६८ प्रतिशतले बढाएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा २८ करोड ५१ लाख ९ हजार रुपैयाँ रहेकोले १७ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता यस बैंकको रहेको छ । 
बैंकले असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २१ अर्ब १६ करोड कर्जा लगानी गर्न सफल भएको छ भने निष्कृय कर्जाको अनुपात घटेर १.५७ प्रतिशतमा, निक्षेप लागत ८.६४, कोषको लागत १६.५६, र आधार ब्याजदर ११.०२ प्रतिशतमा झरेको वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै