बेष्ट फाइनान्स र नेपाल रेडक्रस सोसाईटीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु !

best finance
  • बैंकिङ संसार 
काठमाडौँ । बेष्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखा बीच सम्झौता गरेको छ । सो सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी र फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
फाइनान्सले यो आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम, स्वस्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच विविध सचेतनामुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रम गर्दा नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्ने गरी सम्झौता गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
बेष्ट फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्