नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा !

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा छानिएका छन् । पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो। यो सँगै प्रोत्साहनस्वरुप उनलाई ७ लाख रुपैयाँ समेत प्रादन गरिएको छ।
समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निर्मललाई नबिल हिरो बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए। उनले आगामी दिनमा समाजमा प्रोत्साहनमुलक काममा बैंक अघि बढ्दै जाने बताए ।
नबिल बैंकले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाल आरोहणका क्रममा मृत्यु भएका अभिभावकका १५ छोराछोरीलाई छात्रावृति दिने घोषणा समेत गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्