प्रभु बैंकका मेनेजर बैंककै कार्यालयबाट पक्राउ

काठमाडौँ । प्रभु बैंकका मेनेजर नन्दराज जोशी पक्राउ परेका छन् । एसियन भिलेज रिसोर्टलाई बैंकले दिएको करोडौं रुपैयाँ दुरुपयोग भएको प्रकरणमा उनलाई बैंकबाटै प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ४ दिन म्याद थपेर थप अनुसन्धान भईरहेको छ । उनी एशियन भिलेज रिसोर्टलाई ऋण दिँदा एसएमई प्रमुख थिए । यसअघि धनगढीमा रहेर काम गरेका उनी पछि सरुवा भएर काठमाडौँ आएका थिए । उनी हाल कमलादी शाखाका शाखा प्रबन्धक थिए ।
दिउँसो प्रहरीले उनलाई बैंककै कार्यालयबाट पक्राउ गरेको हो ।
HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्