परिसंघको यस्तो निर्णय : साना तथा मझौला ऋणीलाई ब्याजदरमा १ प्रतिशत छुट

  • बैंकिङ संसार
काठमाडौं । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले साना तथा मझौला उद्यमीहरुलाई कर्जातर्फ १ प्रतिशत व्याज घटाउने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) लाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत र विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको तथा फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति गरेको छ ।
त्यसैगरी संघले भुक्तान हुन बाँकी बैशाख मसान्त सम्मको कर्जा व्याजमा १० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ । तर यस्तो रकम बैशाख मसान्त सम्म भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । संघका अनुसार बैंक तथा वित्तीय संस्थाका नियमित ग्राहकहरुले वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, साँवा र ब्याज बैशाख मसान्तसम्म भुक्तानी गरेमा तिर्न बाँकी रहेको वक्यौताको साधारण व्याजको १० प्रतिशत व्याज छुट गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
साथै संघले व्याजको जरिवानामा शतप्रतिशत रकम छुट प्रदान गर्ने तथा उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले जनाइएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्