काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक प्रकरणमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान तथा गम्भीर प्रकारका अभियोजन गर्दै केही नेतृत्वदायी व्यक्तिहरूमाथि मुद्दा दायर गरिएकोप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण भएको हो ।
सिबिफिनले बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाह, धितो सुरक्षण, कर्जा असुली र लिलामसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकमा रहेको छ ।
त्यसैले यस्ता विषयमा थप अनुसन्धान वा कारबाही अघि बढाउनुअघि नेपाल राष्ट्र बैंकबाट आवश्यक परीक्षण गरी निष्कर्ष र रायका आधारमा सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने संघको धारणा छ ।
यो हेर्नुहोस्:



