National

रुकुमको चौरजहारीमा पनि पुग्यो नेपाल बैंक लिमिटेडको शाखा

 Nepal Bank
  • बैंकिङ संसार
रुकुम । नेपाल बैंक लिमिटेडले पश्चिम रुकुमको चौरजहारीमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय पहुँच तथा समावेसिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले पश्चिम रुकुमको चौरजहारीमा आफ्नो १८७औं शाखा सञ्चालन गरेको हो । बैंकले उक्त शाखाको औपचारिक कारोबार समेत सुरु गरेको छ ।
उक्त शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिट्यान्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै