National

यी हुन् मंगलबार खुल्ने बैंकका शाखाहरु (सूचीसहित)

 Banks
  • बैंकिङ संसार
काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि विभिन्न बैंकले देशका विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै बैंकहरुले देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १ सय ६२ वटा बैंकको शाखा र १९ वटा विस्तारित काउन्टरमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । यस बैंकको प्रदेश न.५ मा रहेको ७ वटा बैंक शाखा र १ वटा विस्तारित काउन्टर भने स्थानिय सरकारको समन्वयमा खुल्ला हुने भएको छ ।

नेपाल बैंक
नेपाल बैंक लिमिटेडले आफ्ना देशभर रहेका १ सय ९ वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ९९ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सिभिल बैंक
सिभिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ५२ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 
कुमारी बैंक
कुमारी बैंकले वाग्मती प्रदेशबाट मात्रै २२ वटा बैंकको शाखा कार्यलयमार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना उपत्यकाभित्र रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले २४ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आफ्ना देशभर रहेका ९७ वटा बैंकको शाखाहरुमार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै र सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत उक्त सेवा दिएको हो ।
सेन्चुरी बैंक
सेन्चुरी बैंक लिमिटेडले देशभरी रहेको शाखाहरुमध्ये ७० वटा बैंकको शाखामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले देशभरी रहेको शाखाहरुमध्ये ६२ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । सिटिजन्स बैंकको काठमाडौं उमत्यकाभिब रहेको बैंकको शाखा भने मंगलबार बन्द हुने भएको छ । 
नबिल बैंक
नबिल बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ६२ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 

प्राइम बैंक
प्राइम कमर्सियल बैंकले देशभरी रहेको शाखाहरुमध्ये आफ्ना ९७ वटा बैंकको शाखामार्फत ग्राहकहरुलाई सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर आलोपालो प्रणालीबाट उक्त बैंकिङ सेवा प्रदान गरेको हो ।
एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेको शाखाहरुमध्ये ४६ वटा बैंकको शाखाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । बैंकले सरकारले लिएको निर्णयलाई पालना गर्दै आलोपालो प्रणालीबाट आफ्ना देशभर रहेका केही शाखाहरुमार्फत ग्राहकहरुलाई उक्त बैंकिङ सेवा दिएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै