काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ३२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थाले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिने जनाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिँदा संस्थाको केन्द्रिय कार्यालयभित्र अग्नीसाईर कृष्णासवरन ६ महुली सप्तरीमा आवेदन दिन सक्नेछन्।

