PRABHU BANK

गरिमा विकास बैंकले ल्यायो एकैदिन ३ वटा शाखा कार्यालय संचालनमा

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले असोज ४ गते आइतबार काठमाडौं उपत्यकाभित्र एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले काठमाडौं उपत्यकाभित्र सतुंगल, कुलेश्वर र मैतिदेवीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त काउन्टरसँगै गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ । यस्तै बैंकले असोज १ गते मात्र काठमाडौं उपत्यका भित्र र बाहिर गरी एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । 
बैंकले देशभर १०० वटा शाखा, ५१ वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । गरिमा विकास बैंकको प्रधान कार्यालय भने लाजिम्पाट काठमाडौंमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै