सिटिजन्स बैंकबाट पैसा झिक्नेहरु ह्वात्तै बढे

काठमाडौँ। सिटिजन्स बैंकमा रकम नै कर्मचारीले दुरुपयोग गरेको फेला परेपछि बैंकबाट पैसा झिक्नेहरु ह्वात्तै बढेका छन् । विशेषगरी कोशी प्रदेशका शाखाहरुमा बैंकबाट पैसा झिक्ने बढेका हुन् ।

सिटिजन्स बैंकमा आफुले राखेको रकम कर्मचारीहरुले नै दुरुपयोग गरेको फेला परेपछि निक्षेपकर्ताहरु त्रसित बनेका हुन् । बैंकमा कर्मचारीले रकम दुरुपयोग गरेको प्रकरण बाहिर आएपछि बैंकले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाईरहेकाहरु सबैलाई अझै पनि कारवाही नगरेको विषयसमेत जोडतोडका साथ उठेको छ ।

सर्टिफिकेट नै नक्कली देखाएर जागिर खाएका कर्मचारीको संगतले अन्य कर्मचारीले पनि गलत काम गरेको ठम्याई स्वयम् बैंकका कर्मचारीहरुको छ ।

यता बैंकमा ग्राहकको रकम अपचलन गरेको केस बाहिर आएपछि बैंकमा बाहिर न आएका तर भित्रभित्रै घटेका यस्ता थुप्रै काण्डहरु रहेको दाबी स्वयम् बैंकका कर्मचारीहरुले गर्न थालेका छन् ।

बैंकको रकम अपचलन गर्ने तर थाहा भएपछि पैसा तिरेर सो अपराधलाई टुंगो लगाउने गलत थिति बैंकमा बस्दा थुप्रै काण्डहरु भित्रभित्रै सेटल हुने गरेको दाबी कर्मचारीहरुको रहेको पाइएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै