काठमाडौं । जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवामा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरिएको छ। लाएन्स क्लब अफ काठमाडौं डायमण्ड का अध्यक्षको पहलमा मानव सेवा आश्रम, रानिवनमा २५० जना अशक्त, अपाङ्ग तथा जेष्ठ सडक मानवलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रमलाएन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एफका डिस्ट्रीक गभर्नर केशर बहादुर भण्डारी, द्वितीय भाइस डिस्ट्रीक गभर्नर मनोज कुमार सापकोटा, क्याबिनेट सेक्रेटरी इन्द्र कार्की, साथै वसन्त थापा र अर्जुन कार्की लगायतका अग्रज लायन्स सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै अध्यक्षले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ र सहयोगको अपेक्षा गरेका छन्। साथै, देशभर मानव सेवा आश्रमको सेवा विस्तारमा सक्रिय रामजी अधिकारी, उमा भण्डारी तथा सम्पूर्ण आश्रम परिवारप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
सडकमा जीवन बिताइरहेका जेष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सेवा गर्दै आएको मानव सेवा आश्रमले यस्ता पहलहरूबाट समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। जन्मदिनलाई सेवा र सहानुभूतिमा बदल्ने यो प्रयासले अन्यलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

