काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
योसँगै संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।
राष्ट्र बैंकको वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

