काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले ६९ हजार कित्ता सेयर आज फागुन २७ गतेबाट बिक्रीमा राखेको हो ।
संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद गर्न निवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि निवेदन दिन सकिनेछ
बोलपत्र आउँदो चैत १२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

