सार्वजनिक बिदामा बैंक खुला गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहन आग्रह गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिएको छ।

तर, निर्वाचन आयोगको अनुरोधमा बैंकिङ सेवा सुचारु राख्न यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। सूचनासहित: https://www.nrb.org.np/contents/uploads/2026/03/Election-Commision-Notice-18.pdf

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै