काठमाडौँ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनिल जोशी नियुक्त भएका छन्। उनी ४ वर्षे कार्यकालका लागि फाइनान्सको सिइओमा नियुक्त भएका हुन्।
जोशीको ४ वर्षे कार्यकाल फागुन २३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ। कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रहदै आएका जोशी सिइओमा नियुक्त भएका हुन्।
कम्पनीको फागुन १५ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

