- बैंकिङ संसार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले असोज २१ गते बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीले साधारण सेयरको प्रतिकित्ता १०० रुपैयाँ अंकित गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले ३० लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गर्ने भएको छ । यस्तै १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूको लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।