सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा नयाँ व्यवस्था

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। राष्ट्र बैंकले सरकारी चेकमार्फत हुने रकम भुक्तानीमा थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्रय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन थप प्रावधान लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी खाताबाट हुने सबै प्रकारका भुक्तानी वित्तीय भुक्तानी प्रणालीमार्फत वा अकाउन्ट पेयी चेकमार्फत मात्रै गर्नुपर्नेछ।

यसअघि प्रचलनमा रहेका केही लचिला अभ्यासलाई कडाइ गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो व्यवस्था अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै