DISH HOME

ग्लोबल आइएमई बैंकले ल्यायो एकैदिन ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ ।
बैंकले पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नं ८,सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा स्थानिय छवि सरा सिंजालीलाई नियुक्त गरेको छ । 
यस्तै रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं ५,कटहरीयामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा स्थानिय महमद जलालुदीन हकरलाई नियुक्त गरिएको छ । 
यसैगरी गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा भने स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय वासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । 
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवाहरु लिन सक्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै