काठमाडौँ। प्रभु बैंकमा सुमन शर्मा सिइओ भएर आएसँगै बैंकभित्रका सिनियर कर्मचारीहरुले उनलाई असहयोग गर्ने निर्णय गरेका छन् । बैंकका २ जना सिनियर हाकिमले काठमाडौँको एक होटलमा बैठक नै गरेर शर्मालाई असहयोग गर्ने निर्णय गरेका हुन् ।
माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी आगामी चार वर्षका लागि प्रभु बैंकको सिइओमा नियुक्त भएका हुन् । शर्मा यसअघि सनराइज बैंकमा सिइओ थिए भने उनले ग्लोबल आइएमई बैंकमा डिसिइओ र माछापुच्छ्रे बैंकमा सिइओ भएर पनि काम गरेका छन्।
त्यस्तै, उनले नेदरल्यान्डबाट एमबीए गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा पनि शर्माले स्नातकोत्तर गरेका छन्।


