काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’ निष्कासन गर्ने भएको छ । क्यापिटलले एक अर्ब बराबरको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्ने भएको हो।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्धित पहिलो खुलामुखी योजनाको रुपमा एक अर्ब बराबरको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
उक्त योजना निष्काशन गर्न बोर्डले माघ २१ गते स्वीकृति दिएको हो । कम्पनीले प्रथम चरणको प्रारम्भिक निष्कासनमा बीज पूँजीसहित कुल ५ करोड इकाई सार्वजनिक गर्नेछ । यस योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ कायम गरिएको छ । कुल निष्काशनमध्ये न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख इकाई बिक्री हुनुपर्ने व्यवस्था रहेको छ ।
यस योजनामा १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

