४२ वर्षीया ईश्वरी पौडेल बैंकिङ कसुर मुद्धामा पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्धामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाका ४२ वर्षीया ईश्वरी पौडेल रहेकी छिन्।

बैंकिङ कसुरका ०८०-c१-२३८८० मुद्दामा काठमाडौँ जिल्ला अदालतले १५ लाख जरिवाना, ३ दिन कैद र मुद्दा ०८०-c१-७२१४ मुद्दामा काठमाडौँ जिल्ला अदालतले ३८ लाख जरिवाना,७ दिन कैद ठहर गरेपछि उनी फरार रहेकी थिइन् ।

पौडेलको दुई वटा बैंकिङ कसुर गरी जम्मा ५३ लाख जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेकी थिइन्। बुढानिलकण्ठ २ चपलीबाट पक्राउ परेकी पौडेललाई हाल फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पठाइएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै