४५ वर्षीय सोनी बैंकिङ कसुर मुद्दामा पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महानगरपालिका ४ बागडोल ४५ वर्षीय सोनी अमात्य रहेकी छिन्।

अमात्य अदालतबाट दुई वर्ष कैद, बिगो ठहरी फैसला भएपछि फरार भएकी थिइन्। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

हाल उनी बैंकिङ कसुर मुद्दामा प्रहरीको फन्दामा परेकी छिन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै