एनआईसी एशिया बैंक तोडफोड गर्ने पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। एनआईसी एशिया बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका ३८ वर्षीय धनकुमार राई रहेका छन्।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी बजारस्थित लाक्पा शेर्पाको घरमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उनलाई रातको समयमा मुखमा मुखुण्डो लगाएर उक्त बैंकको मूल ढोकाको चाबी फोडीभित्र दोस्रो तलामा रहेको बैंकको च्यानल गेट तथा चाबी फलामको रडको सहायताले तोडफोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

हाल उनको थप अनुसन्धान भइरहेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै