काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाको कुश्मा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको शाखा कार्यालय कुश्मा पर्वतले आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम मिति २०८२ साल माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कुश्मा पर्वतमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानो कर्जा लगानी गरि धेरैको जीवनमा सकारात्मक परिवर्तन गरेको, यसको बारेमा आफुले अध्ययन गर्दा धेरै राम्रो उदेश्यले स्थापना भई संचालन भएकोले आजको यो वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीलाई सबैलाई महत्त्वपूर्ण बिषयहरुको ज्ञान लएर जान आग्रह गरेका छन् ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि विशेष प्रस्तुती सहितको प्रशिक्षण संस्थाको तालिम, अनुपालना तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गरे । सो क्रममा वित्तिय अनुशासन, पारिवार बजेट निर्माण, आम्दानी खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, कानुनी अवधारणाका आधारमा कालोसुचिमा पर्ने सम्मको अवस्था बारे सबैलाई ज्ञानमुलक सचेतना सामाग्री पस्कनु भएको थियो ।
कार्यक्रममा शाखा कार्यालय कुश्मा अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
करिब ३० जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं १८९ कि सदस्य युगमाया गिरीले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रबन्धक गणेश गौतमले गरेका थिए।


