राष्ट्र बैंकका गभर्नर र आरबिआईका गभर्नरबीच भेटवार्ता

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबिआई) का गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्ता भएको छ। मुम्बईस्थित आरबिआईको मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

मुम्बईस्थित आरबिआईको मुख्यालयमा सम्पन्न भेटमा नेपाल र भारतबीच हुने अन्तर्देशीय विद्युतीय भुक्तानी कारोबार तथा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको हो ।

भेटवार्तामा विशेषगरी नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्फत सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउने विषयमा छलफल केन्द्रित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

साथै, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित बैंक सुपरिवेक्षण तथा सूचना प्रविधि क्षेत्रमा आरबिआईले अवलम्बन गरेका असल नीतिगत अभ्यासबारे पनि विचार-विमर्श भएको थियो।

वित्तीय क्षेत्रका उदीयमान तथा समसामयिक मुद्दा र नेपाल-भारतबीचको सहकार्य तथा अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै