कामना सेवा विकास बैंकलेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ। कामना सेवा विकास बैंकले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। बैंकले माघे संक्रान्ति अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको बैंकले जनाएको छ। उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्नु थियो । सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिलबाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले दिएका थिए।

नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले स्वास्थ्यशिविरले समुदायको स्वास्थ्यस्तर सुधार्न र स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनमा निरन्तर सञ्चालन गरिने जनाएका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै