प्राइम कमर्सियल बैंकद्वारा लेखापरीक्षक नियुक्त

काठमाडौँ। प्राइम कमर्सियल बैंकले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-०८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

बैंकको गत पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले सो कार्यका लागि सुजन काफ्ले एण्ड एशोसियट्स चार्टड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको हो।

सभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक पद १ को निर्वाचनमा गजेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्