चुनाव लड्न गुहेश्वरी मार्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सिइओले दिए राजिनामा, कामु सिइओमा अर्चना प्रधान नियुक्त !

काठमाडौँ। गुहेश्वरी मार्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु) मा अर्चना प्रधान नियुक्त भएकी छिन्। कम्पनीका सिइओ तोयराज अधिकारीले राजीनामा दिएसँगै रिक्त रहेको सो पदमा अर्चना प्रधान नियुक्त भएकी हुन्।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

अधिकारीले गत पुस १७ गते सिइओ पदबाट राजीनामा दिएका थिए। चुनाव लड्नको लागि तोयराज अधिकारीले राजीनामा दिएको भन्ने बुझिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्