PRABHU BANK

एनएमबी बैंकको नयाँ योजना सार्वजनिक, ग्राहकले ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्ने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘एनएमबि दशैं बोनान्जा’ नयाँ योजना सार्वजनिक गरेको हो । 
कार्तिक १ गतेदेखि सुरु भएको उक्त योजनाअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा ५० प्रतिशतसम्म पैसा बचत गर्न सक्ने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट, क्यास ब्याक र किस्ता सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान् उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई सुविधाहरू प्रदान गरेको पनि जानकारी दिएको छ ।
बैंकले हाल १ सय ८६ शाखाहरु, १ सय ३५ एटीएमहरु र ६ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै