काठमाडौँ। कानुनमा स्नातक पढ्ने बैंकरहरु ह्वात्तै बढेका छन् । व्यवस्थापन पढेर जागिर खाने बैंकका कर्मचारीहरु एलएलबीतर्फ आकर्षित भएका हुन् ।
हाल करिब २ हजार बढी बैंक कर्मचारीहरु एलएलबी अध्ययन गरिरहेको पाइएको हो ।
केही शीर्ष विश्वविद्यालय र कलेजले कानुनसँगै बिजनेस,फाइनान्स सम्बन्धी कोर्सहरू पनि उपलब्ध गराउँछन्। जसले बैंकिङ र बिजनेस क्षेत्रमा पनि अवसर बढाउनेछन्।
कानुनी डिग्री हासिल गरेपछि धेरैले बैंकको इन-हाउस कानुनी विभाग (legal department), compliance, regulatory affairs, risk management, वा कर्पोरेट कन्जल्टिङ-इन-हाउस कानुन-फाइनान्सियल एड्भाइजर जस्ता भूमिकामा काम गर्न सक्छन्।
वित्तीय संस्थाहरु (विशेष गरी बैंक, बीमा, निवेश बैंक) मा (law & finance) संयुक्त विशेषज्ञतालाई महत्व दिइन्छ।

