काठमाडौँ । गरिमा विकास बैंक सम्मानित भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंक ‘एक्सिलेन्स इन डिजिटल ट्रानज्याकसन आर्थिक वर्ष २०८१-८२’ र ‘एक्सिलेन्स इन नेपालपे क्युआर ट्रानज्याकसन आर्थिक वर्ष २०८१-८२’ बाट सम्मानित भएको हो ।
आर्थिक वर्ष २०८१-०८२ मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरे वापत बैंक उक्त अवार्डबाट सम्मानित भएको छ ।
पुस ८ गते मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए । समायानुकुल नविनतम डिजिटल बैंकिङ सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर गरिमा विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ ।
विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको इमर्जिङ्ग एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।


