स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले माघ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान साढे ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले पुस १८ गते बुकक्लोज गर्ने भएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै