राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका निर्देशकको बढुवा भएको छ। राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

भट्टराईलाई राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कार्यकारी निर्देशकमा बढुवा गरेको हो । निर्देशक राजेन्द्र भट्टराई वि.सं २०५३ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशकहरूमध्येबाट विनियम ६५ को उपविनियम (२) अनुसार उनलाई पदोन्नति गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्