मेरोमाइक्रोफाइनान्स लघुवित्तले लाभांश दिने

काठमाडौँ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश सेयर र ०.२५ प्रतिशत नगद लाभांश संस्थाले वितरण गर्ने भएको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्